बिर्तामोड-व्यवसायी घनेन्द्रराज पाण्डेले बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायी राहत कोषमा सहयोग गरेका छन् । शनिवार जन्मदिनको अवसर पारेर पाण्डेले २१ हजार १ सय ११ रुपैयाँ प्रदान गरेका हुन् ।
आगलागी लगायतका घटनाका कारण व्यवसायीले ब्यहोर्नु परेको क्षतिमा तत्काल राहत उपलब्ध गराउने उद्देश्यले संघले एक करोड रुपैयाँको अक्षयकोष घोषणा गरेको थियो ।
व्यवसायी पाण्डेले संघका अध्यक्ष राजु न्यौपानेलाई रकम हस्तान्तरण गरेका हुन् । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष राजकुमार घिमिरे ‘राजु’, कोषाध्यक्ष युवराज निरौला, व्यवसायी राजेन्द्र थापा, सञ्चार उद्यमी राजेन्द्र चम्लागाई लगायतको उपस्थिति रहेको थियो ।