८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

३३ वर्षअघिको सम्बन्ध विच्छेद मुद्दामा सांसद केसी कारागार चलान



काठमाडौँ-सम्बन्धविच्छेद मुद्दामा नक्कली कागजात पेश गरेको प्रमाणित भएपछि लुम्बिनी प्रदेश सभाका सदस्य धनबहादुर केसी कारागार चलान भएका छन् । केसीलाई आइतबार कारागार लगिएको हो ।

प्रदेश सभा सदस्य केसीले रुकुम पूर्व जिल्ला अदालत पुगेर आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ । ३३ वर्षअघिको सम्बन्ध विच्छेद मुद्दामा केसीलाई प्रहरीले खोजी गरिरहेको थियो ।

नेपाली कांग्रेसबाट गत निर्वाचनमा रुकुम पूर्व प्रदेशसभा क्षेत्र नम्बर १ मा निर्वाचित भएका केसी लामो समयदेखि प्रहरीको फरार सूचीमा थिए ।

साविक रुकुम जिल्ला अदालतले २०४८ असार ९ गते श्रीमतीसँगको अंश मुद्दामा केसीलाई दोषी ठहर गरेको थियो । उनलाई अदालतले एक वर्षको कैद सजाय तोकेको थियो ।

प्रकाशित मिति : २३ भाद्र २०८१, आइतबार ००:००  ९ : ४९ बजे