झापा-सरकारले धरान मधुमल्ला सडक निर्माणका लागि वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले उक्त सडक निर्माणका लागि वन क्षेत्र उपयोग गर्न दिने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले धरान–केराबारी लेटाङ–मधुमल्ला सडक निर्माणका राष्ट्रिय वन क्षेत्र उपयोग गर्न दिने निर्णय मन्त्रिपरिषद्ले गरेको बताए । निर्णय शुक्रवार सार्वजनिक भएको हो ।
प्रवक्ता गुरुङका अनुसार झापा, मोरङ र सुनसरीमा रहेको राष्ट्रिय वनको ३६ दशमलव ३२३ हेक्टर जग्गा सडक निर्माणका लागि प्रयोग गर्न स्वीकृति दिने निर्णय भएको हो । सरकारको अनुमतिपछि उक्त सडक आयोजनाको निर्माण कार्य तीव्र रुपमा अगाडि बढ्ने अपेक्षा गरिएको छ ।