३० मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

काँकडभिट्टा नाकाबाट १५ करोड रुपैयाँको खुदो बंगलादेश निर्यात



काँकडभिट्टा-पूर्वी नाका काँकडभिट्टाबाट गत आर्थिक वर्षमा करिब १५ करोड रुपैयाँ बराबर खुदो निर्यात भएको छ । ९ हजार ७ सय ४१ दशमलव ६५ मेट्रिक टन खुँदो बंगलादेश निर्यात भएको हो ।

नेपाल पारबहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड काँकडभिट्टाका प्रमुख सुवास पाण्डेयका अनुसार १४ करोड ९३ लाख ६९ हजार बराबरको खुदाे निर्यात भएको छ ।

भारतले निर्यातमा ५० प्रतिशत कर लगाएपछि बंगलादेशले नेपालबाट खुदो किन्न थालेको हो । व्यवसायी नवीन दाहाल आगामी दिनमा निर्यातको सम्भावना बढेको बताउँछन् ।

कार्तिक मंसिरदेखि उखु पेल्न सुरु भएपछि ठूलो मात्रामा खुदो निर्यात हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार ००:००  ८ : ४९ बजे