सुनसरी-सुनसरीमा बुधबार भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । अलग-अलग दुर्घटनामा दुईजना युवकले ज्यान गुमाएका हुन् ।
सुनसरीको दुहबीस्थित जुटमिल अगाडि बागमती प्रदेश ०१- ०२७ च ०४८२ नम्बरको कारले ठक्कर दिँदा पैदल यात्री गणेश गुप्ताको मृत्यु भएको छ ।
इटहरीको काली मन्दिरस्थित कोशी राजमार्गमा प्रदेश १- ०१-००२ त ०२४९ नम्बरको ट्याक्टरले प्रदेश १-०२-०४८ प ३४९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
घटनामा मोटरसाइकल चालक मोरङ रङ्गेली घर भएका बलराम सरदारको मृत्यु भएको हो ।