९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026

रथयात्राका क्रममा १४३ जना पक्राउ



मोरङ– विराटनगरमा मङ्गलबार निकालिएको रथ यात्रामा अवान्छित गतिविधि गरेको आरोपमा प्रहरीले १४३ जनालाई पक्राउ गरेको छ । आपराधिक घटना हुन लागेको पूर्व सूचनाका आधारमा उनीहरूलाई प्रहरीले समातेको हो ।

मोरङका प्रहरी प्रमुख नवराज कार्कीले पक्राउ परेकामाथि अनुसन्धान सुरु गरिएको बताए । यसअघि सोमबार विराटनगरबाट प्रहरीले एकजना नामुद अपराधीलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका तिनै अपराधीको योजनामा रथयात्रामा सम्भावित घटना हुन लागेको पूर्व सूचना मिलेपछि बीरगञ्ज र भारतबाट आएकाहरुलाई नियन्त्रणमा लिएको प्रहरी प्रमुख कार्कीले बताए ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये १० जना महिला छन् । रथयात्रामा सम्भावित घटना रोक्न एक हजार २०० प्रहरी परिचालन गरिएको थियो । ६० जना प्रहरी सादा पोशाकमा खटिएका थिए ।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार ००:००  १० : १० बजे