११ जेष्ठ २०८२, शनिबार | Sat May 24 2025

बिर्तामोडबाट चोरिएको मोटरसाइकलसहित गिरी पक्राउ



बिर्तामोड-मोटरसाइकल चोरीमा संलग्न भएको अभियोगमा प्रहरीले दक्षिणी इलामबाट एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा माई नगरपालिका वडा नम्बर-६ घर भएका २४ वर्षीय मनिष गिरी रहेका छन् ।

चोरी भएको मोटरसाइकलसहित गिरीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ। बिर्तामोड प्रहरीका डीएसपी प्रकाश बिष्टले गिरीमाथि चोरी मुद्दामा अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको बताए ।

कार्तिक २७ गते बिर्तामोडको बाल्मिकी कलेज नजिकबाट मे ६ प २८६७ नम्बरको मोटरसाइकल हराएको थियो । मोटरसाइकल धनी बिर्तामोड नगरपालिका-५ का वीरहाङ शेर्माले खोजीका लागि दिएको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको थियो

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहिबार ००:००  ८ : १२ बजे