१० जेष्ठ २०८२, शुक्रबार | Fri May 23 2025

देउवा रिसाएको एक मिनेटपछि सरकार ढल्छ : लामिछाने



काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान सरकारको जग एकदमै कमजोर रहेको टिप्पणी गरेका छन् । आफ्नै पार्टीले बिहीबार आयोजना गरेको संविधान मन्थन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो टिप्पणी गरेका हुन् ।

सभापति लामिछानेले कांग्रेस सभापति शेरबहादुर देउवा रिसाएको एक मिनेटमा वर्तमान सरकार ढल्ने बताए । ‘फ्रयाङ्क्लि भन्छु शेरबहादुर देउवा रिसाएको एक मिनेटपछि सेकेन्ड भरमा यो सरकार ढल्छ ।’

सभापति लामिछानेले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको प्रणालीमा जानुपर्ने आवश्यकता औँल्याउँदै राजनीतिक स्थिरताका लागि त्यसको विकल्प नभएको दोहोर्‍याए ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहिबार ००:००  ८ : ४९ बजे