८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

राष्ट्रिय क्रिकेट टीमकी खेलाडी अप्सरी बेगमलाई कार्वाही



झापा–नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय महिला क्रिकेट टीमकी खेलाडी अप्सरी बेगमलाई निलम्बन गर्ने निर्णय गरेको छ । झापा मेचीनगर स्थायी घर भएकी बेगमले टीमका व्यवस्थापक र प्रशिक्षकमाथि अभद्र व्यवहार गरेको क्यानले जनाएको हो ।

क्यान केन्द्रीय कार्य समितिको बिहीबार बसेको बैठकले राष्ट्रिय टीमको बन्द प्रशिक्षणको क्रममा बेगमले व्यवस्थापन र प्रशिक्षकमाथि अभद्र व्यवहार गरेको जनाउँदै निलम्वन गर्ने निर्णय गरेको थियो ।

बन्द प्रशिक्षणका क्रममा अप्सरीले आचारसंहिता उल्लंघन गरी टीम व्यवस्थापक र प्रशिक्षकमाथि अभद्र व्यवहार गरेको क्यानले विज्ञप्तिमार्फत जनाएको छ ।

जुलाई १९ देखि २८, २०२४ सम्म श्रीलंकामा सञ्चालन हुने वुमन्स टी २० एसिया कप क्रिकेट प्रतियोगितालाई मध्यनजर राखेर हाल काठमाडौँमा बन्द प्रशिक्षण सञ्चालन भइरहेको छ ।

बैठकले थप छानविन गरी आवश्यक निर्णय गर्न अनुशासन समितिलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार ००:००  ८ : २५ बजे