झापा-रोजगारीका लागि चालु आर्थिक वर्षको पहिलो महिना साउनमा करिब ६० हजार नेपाली विदेशिएका छन् । श्रम स्वीकृति लिएर ५९ हजार ५५० जना नेपाली रोजगारीका लागि गएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
गत आर्थिक वर्षको पहिलो महिना साउनमा ५५ हजार ५७५ जना नेपाली श्रमिक विदेशिएका थिए । चालु आर्थिक वर्षमा यो सङ्ख्या केही बढेको हो । जीटुजीमार्फत ६६८ जना गएका छन् ।
विभागका निर्देशक गुरुदत्त सुवेदीका अनुसार श्रम स्वीकृति लिएर जानेमध्ये ५१ हजार ४३० जना पुरुष छन् भने आठ ११४ जना महिला छन् । निर्देशक सुवेदीले मलेसिया जाने नेपालीको सङ्ख्या भने घटेको बताए ।