१ श्रावण २०८२, बुधबार | Wed Jul 16 2025

पाँच वर्षमा काँकडभिट्टा नाकाबाट भित्रिए १० हजार विद्युतीय रिक्सा



काँकडभिट्टा-पूर्वी नाका काँकडभिट्टाबाट पाँच वर्षमा १० हजार १६४ थान विद्युतीय रिक्सा नेपाल भित्रिएका छन् । २०७६ देखि गत असार मसान्तसम्म उक्त परिमाणमा विद्युतीय रिक्सा भित्रिएको मेची भन्सार कार्यालय काँकडभिट्टाले जनाएको छ ।

पाँच वर्षमा ८९ करोड ४३ लाख ३६ हजार १६१ रुपैयाँ मूल्य बराबरका विद्युतीय रिक्सा आयात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलले बताए । विद्युतीय रिक्सा आयातबाट ३१ करोड ३७ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०-८१ मा मात्रै ४१ करोड २० लाख ३९ हजार ९५९ बराबरका ४ हजार ६४५ स्थान विद्युतीय रिक्सा आयात भएको छ । त्यसबाट १४ करोड ६६ लाख रुपैयाँ राजस्व उठेको छ ।

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहिबार ००:००  ९ : ३७ बजे