८ भाद्र २०८३, सोमबार | Tue Aug 25 2026

झापामा तिहारको पाँच दिन : दुर्घटनामा दुई बालकसहित चार जनाको मृत्यु



बिर्तामोड-तिहारको अवधिमा झापामा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । कार्तिक १५ गतेदेखि सोमबारसम्म भएका ३१ दुर्घटनामा चार जनाको ज्यान गएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार दुर्घटनामा दुई बालकसहित चार जनाको मृत्यु भएको छ । तीमध्ये तीन जनाको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो ।

दुर्घटनामा कन्काई ५ चप्रामारीस्थित भित्री सडक खण्डमा मोटरसाइकलको ठक्करबाट ७ वर्षीय साेहन पाठकले ज्यान गुमाएका छन् । उनलाई मे ११ प ३३८ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।

काँकडभिट्टाबाट धरान जाँदै गरेको प्र १-०२-०१ ख ९५३० नम्बरको बसको ठक्करबाट शिवसताक्षी-८ का ६१ वर्षीय गणेश खड्काको पनि मृत्यु भएको छ ।

झापा गाउँपालिका वडा नम्बर ६ किँरातचोकस्थित भित्री सडक खण्डमा मोटरसाइकलको ठक्करबाट सात वर्षीय अश्विन लिङ्खाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अर्जुनधारा नगरपालिका-६ दास पुलस्थित शनिश्चरे बिर्तामोड सडक खण्डमा मोटरसाइकल अनियन्त्रित भई रुखमा ठोकिँदा ताप्लेजुङ घर भएका २६ वर्षीय सन्तोष लिम्बुको ज्यान गएको छ ।

तिहारको अवधिमा भएका दुर्घटनामा ७ जना गम्भीर र ४५ जना सामान्य घाइते भएका छन् । ट्राफिक प्रहरीले ६६४ वटा सवारी साधनमाथि कारबाही गरेको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार ००:००  ८ : ५० बजे