काठमाडौँ-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहकारी प्रकरणमा नाम मुछिएका सत्तारुढ दलका नेताहरुलाई अनुसन्धानको दायरामा नल्याइएको आरोप लगाएका छन् ।
माओवादी केन्द्र बागमती, उपत्येका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले शनिबार काठमाडौँमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो आरोप लगाएका हुन् ।
संसदीय समितिले सहकारी प्रकरणमा नाम मुछिएका कांग्रेस र एमालेका नेताहरूलाई पनि दोषी ठहर गरेकोमा उनीहरूलाई अनुसन्धानको दायरामा नल्याएर रवि लामिछानेलाई मात्रै पक्राउ गरिएकोमा प्रचण्डले कडा रोष प्रकट गरे ।
‘दोषी कोही पनि नछुटोस् । निर्दोष कोही पनि नपरोस्’ , पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले खबरदारी सभामा भने, ‘सत्तापक्षीय नेतालाई बचाउने र प्रतिपक्षीलाई कारबाही गर्ने सरकारी प्रवृत्तिको हामी सधैं विरोध गर्छौं ।’