१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025

डाेमालाल रंगशालाका लागि एक कराेड बजेट



बिर्तामोड-झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालाका लागि संघीय सरकारले एक करोड रुपैयाँ बजेट उपलब्ध गराउने भएको छ ।

आगामी आर्थिक वर्षमा डाेमालाल रङ्गशाला क्षेत्र पूर्वाधार निर्माणका लागि संघीय सरकारले एक करोड रुपैयाँ बजेट उपलब्ध गराउन लागेको हो ।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको अग्रसरतामा रङ्गशाला स्तरोन्नतिका लागि उक्त रकम विनियोजन भएको स्वकीय सचिव केशव ढुंगेलले बताए ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार ००:००  ९ : ४० बजे