भद्रपुर– झापाको भद्रपुर ६ तेलीभिट्टा निवासी ३२ वर्षीय बबिता राजवंशीको हत्या भएको छ । भारत पश्चिम बङ्गालको दार्जिलिङ जिल्लास्थित खाेरीबारी थाना अन्तर्गत बिन्नागुरी ग्राम पञ्चायतमा राजवंशीको शव फेला परेको हो ।
स्थानीय केरा बगानमा कुहिएको अवस्थामा राजवंशीको शव भेटिएको भारतीय प्रहरीले जनाएको छ । घटनास्थल नेपाल भारत सीमा नाकाको भद्रपुरदेखि करिब २ किलोमिटर पूर्व उत्तरमा पर्छ ।
सागसब्जीको व्यापार गर्दै आएकी राजवंशी भदौ ३० गते सीमावर्ती भारतीय बजार गएकी थिइन् । उनी बेपत्ता भएपछि परिवारजनले खोजी गरिरहेको थियो ।
उनले लगाएको कपडाका आधारमा परिवारजनले पहिचान गरेका हुन् । घटनापछि चारजनाको नाममा किटानी जाहेरी दिएको मृतकका जेठाजु जितेन्द्र राजवंशीले बताए ।


















