११ जेष्ठ २०८२, शनिबार | Sat May 24 2025

मंगलबारेमा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु



उर्लाबारी-मोरङको उर्लाबारी-३ मंगलबारेमा बिहीबार दिउँसो भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा मोरङको पथरी शनिश्चरे ५ का ३३ वर्षीय दीपक धिमाल र कानेपोखरी गाउँपालिका ४ रमाइलोका २८ वर्षीय किशोर गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरूले उपचारका क्रममा ज्यान गुमाएका हुन् ।

प्रहरीका अनुसार पूर्वतर्फ जाँदै गरेको प्रदेश १-०२-०५० प ८४०६ र पश्चिमतर्फ आउँदै गरेको प्रदेश १-०२-०४३ प ९२२६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन् । दुर्घटनामा दुईजना घाइते भएका छन् ।

कानेपोखरी ४ का २६ वर्षीय अमृत लिम्बु र पथरी ५ का ३८ वर्षीय विष्णु धिमाल घाइते भएको र उनीहरूलाई उपचारका लागि बिर्तामोड लगिएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहिबार ००:००  ७ : ४६ बजे