२ फाल्गुन २०८२, शनिबार | Sun Feb 15 2026

दमककी पूर्व उपप्रमुख अधिकारी राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त



दमक– सरकारले दमक नगरपालिकाकी पूर्व नगर उपप्रमुख गीताकुमारी अधिकारीलाई राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त गरेकाे छ ।

बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त गरेको हो । नेकपा एमालेको केन्द्रीय सदस्य समेत रहेकी अधिकारी पूर्व प्राध्यापक समेत हुन् ।

उनले दमक बहुमुखी क्याम्पसमा लामो समय प्राध्यापन गरेकी थिइन् । उनी पछिल्लो स्थानीय तहको निर्वाचनमा दमक नगरपालिकाको प्रमुखमा राप्रपाका रामकुमार थापासँग पराजित भएकी थिइन् ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहिबार ००:००  ७ : ४६ बजे