७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

चट्याङ लागेर खुदुनाबारीका दुलालको मृत्यु



खुदुनाबारी-चट्याङ लागेर झापाको अर्जुनधारा-२ मा मङ्गलबार अपरान्न एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५४ वर्षीय मोहनप्रसाद दुलाल छन् ।

घर नजिकै मकैबारीमा मल लगाउँदै गर्दा दुलाललाई चट्याङ लागेको थियो । आफन्तले घाइते अवस्थामा देखेर उनलाई अस्पताल भर्ना गरेका थिए ।

उपचारका क्रममा दुलालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार ००:००  ७ : ०४ बजे