९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026

प्रहरीको हत्या अभियोगमा पूर्व सांसद यादव थुनामा



जनकपुर– सशस्त्र प्रहरीको हत्या गरेको अभियोगमा पक्राउ परेका पूर्व प्रदेश सभा सदस्य कौशल यादवलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत महोत्तरीले आदेश दिएको छ ।

सशस्त्र प्रहरीका असई थमन बिकको हत्या प्रकरणमा संलग्न भएको आरोपमा अदालतले पूर्व सांसद यादवलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

न्यायाधीश फनेश्वरी घिमिरेको इजलासले बुधबार यादवलाई कर्तव्य ज्यान मुद्दामा थुनामा राख्न आदेश दिएको श्रेस्तेदार नुतन झाले जानकारी दिइन् ।

लामो समयदेखि फरार रहेका यादवलाई शनिबारराति महोत्तरीको पोखरीभन्डाबाट पक्राउ गरी आइतबार अदालतमा पेश गरिएको थियो ।

हत्या प्रकरणमा लोसपा मधेस प्रदेश संसदीय दलका नेता अभिराम शर्मासहित सात जनालाई जिल्ला अदालतले जन्म कैदको सजाय सुनाएको थियो ।

मधेस आन्दोलनका क्रममा २०७२ साल भदौ २५ गते महोत्तरीमा सशस्त्र प्रहरी बलका असई थमन बिक मारिएका थिए ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार ००:००  ६ : ५२ बजे