३ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025

सरकारद्वारा मुख्य सचिव डा. अर्यालको राजीनामा स्वीकृत



काठमाडौँ-सरकारले मुख्य सचिव डा. बैकुण्ठ अर्यालको राजीनामा स्वीकृत गरेको छ । अर्यालले पाँच दिनअघि बुझाएको राजीनामा बिहिबार साँझ बसेको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको हो ।

भ्रष्टाचार प्रकरणमा मुछिएर अदालतबाट सफाई पाएपछि पुन सरकारी सेवामा फर्किएका अर्यालले लगत्तै राजीनामा बुझाएका हुन् । सफाई पाएपछि उनलाई मुख्य सचिवबाट राष्ट्रिय योजना आयोगमा विशेष दरबन्दी सिर्जना गरेर लगिएको थियो ।

कार्तिक १४ गते सफाई पाएका अर्यालले २० गते आयोगमा हाजिर गरेका थिए । विशिष्ट श्रेणीको पद सिर्जना गरेर आयोगमा लगिए पनि स्पष्ट जिम्मेवारी नभएकाले अर्यालले राजीनामा दिएका हुन् ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार ००:००  ७ : ३८ बजे