काठमाडौँ-नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्षमा २५ देखि ३० अर्ब रुपैयाँको बिजुली निर्यात गर्ने लक्ष्य राखेको छ । बढ्दो व्यापार घाटा घटाउने रणनीतिसहित प्राधिकरणले बिजुली निर्यातको लक्ष्य निर्धारण गरेको हो ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दैनिक एक हजार मेगावाट बिजुली भारत निर्यात गर्न लागिएको बताए । अहिले ९४१ मेगावाट बिजुली निर्यातको स्वीकृति प्राधिकरणले प्राप्त गरेको छ ।
स्वीकृत परिमाणको १० प्रतिशत थपेर बिजुली निर्यात गर्ने योजना बनाइएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए । नेपालले भारतलाई मात्रै होइन बङ्गलादेशलाई समेत ४० मेगावाट बिजुली बेच्ने तयारी गरेको छ ।