काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सय दिन उपलब्धिमूलक रहेको बताएका छन् । उनले सरकारका काम कारबाहीप्रति आफू सन्तुष्ट रहेको बताए ।
ओली नेतृत्वको सरकारले १०० दिनमा गरेका काममा असन्तुष्टि जनाउनुपर्ने कुनै कारण नरहेको सभापति देउवाकाे तर्क छ । सत्ता साझेदार दलका शीर्ष नेता देउवाले सरकारले गति लिइरहेको बताए ।
न्युज एजेन्सी नेपालसँगको कुराकानीमा पूर्व प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवाले हनिमुन डेजमा सरकारले राम्रो काम गरेको दाबी गरेका हुन् । ‘मलाई राम्रो लागेको छ धेरै कुराले गर्दा सरकारको काम राम्रो छ’, सभापति देउवाले भने ।


















