१० जेष्ठ २०८२, शुक्रबार | Fri May 23 2025

झापाको सीमावर्ती नाकाबाट छ थान आइफाेन बरामद



बिर्तामोड-सशस्त्र प्रहरीले झापाको सीमावर्ती क्षेत्रबाट नौ लाख रूपैयाँ बराबरको मोबाइल बरामद गरेको छ । शनिबार दिउँसो झापा गाउँपालिकाको सुकुम्बासी सीमा इलाकाबाट प्रहरीले छ थान मोबाइल बरामद गरेको हो ।

भारतीय मोटरसाइकलमा चढेर नेपाल आइरहेका किसनगञ्ज-१ जानकी चोकका २८ वर्षीय स्त्राफिलकाे साथबाट छ थान आइफोन बरामद भएको सशस्त्र प्रहरी नायब उपरीक्षक महेशराज बिष्टले बताए ।

बरामद भएका मोबाइल र मोटरसाइकल भद्रपुर भन्सार कार्यालयमा बुझाइएको छ । पक्राउ परेका व्यक्तिलाई वडा प्रहरी कार्यालय भद्रपुरमा राखिएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार ००:००  १० : ५८ बजे