२ असार २०८२, सोमबार | Tue Jun 17 2025

सशस्त्र प्रहरीद्वारा सुनमाई र काँकडभिट्टाबाट साढे १२ लाखको लत्ता कपडा बरामद



बिर्तामोड-सशस्त्र प्रहरीले झापाका दुई अलग-अलग स्थानबाट मंगलबार साँझ साढे १२ लाख रुपैयाँ बराबरको लत्ता कपडा बरामद गरेको छ । झापाको बुद्धशान्ति गाउँपालिका-७ सुनमाई चिया बगान क्षेत्र र मेचीनगर-६ बसपार्क इलाकाबाट सशस्त्र प्रहरीले कपडा बरामद गरेको हो ।

सशस्त्र प्रहरीको टिमाई सुरक्षा बेस क्याम्पबाट सशस्त्र प्रहरी नायब निरीक्षक विजय नुनिया महताे कमाण्डमा खटिएको टोलीले चिया बगानमा लुकाइराखेको अवस्थामा १० लाख मूल्य बराबरको कपडा बरामद गरेको हो ।

सीमा सुरक्षा गुल्म काँकडभिट्टाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक लोकनाथ उप्रेतीको कमाण्डमा खटिएको प्रहरी टोलीले भन्सार छलेर अनाधिकृत रूपमा ल्याइएको २ लाख ५० हजार मूल्यको कपडा बरामद गरेको छ ‌।

दुबै स्थानबाट बरामद गरिएको कपडा आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालयमा बुझाउने प्रक्रिया सुरु गरिएको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक सुमन पोखरेलले बताए ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार ००:००  ९ : ४४ बजे