१० जेष्ठ २०८२, शुक्रबार | Fri May 23 2025

जापान काण्डपछि पार्टीको जिम्मेवारीबाट हटाउन पूर्वमन्त्री अधिकारीले दिए निवेदन



मोरङ-कानुनविपरीत जापान भ्रमणमा गएका कोशी प्रदेश सरकारका पूर्वमन्त्री लीलाबल्लभ अधिकारीले आफूलाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गर्न निवेदन दिएका छन् ।

नेकपा एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडालाई भेटेर पूर्वमन्त्री अधिकारीले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिदिन निवेदन दिएका हुन् ।

जापान भ्रमणको सिलसिलामा सार्वजनिक टिकाटिप्पणी भएपछि आफूले मन्त्री पदबाट राजीनामा दिएको जनाउँदै स्वतन्त्र र निष्पक्ष अनुसन्धानमा सहयोग गर्न पार्टीको सबै जिम्मेवारीबाट हटाइदिन अधिकारीले माग गरेका छन् ।

संसदीय जिम्मेवारीका बारेमा केही उल्लेख नगरी पूर्वमन्त्री अधिकारीले पार्टीमा निवेदन बुझाएका हुन् । निर्वाचित सदस्य भएकाले जनताद्वारा निर्वाचित सदस्यको हैसियतले आफू प्रदेशसभा सदस्यको जिम्मेवारीमा रहने उनले बताए ।

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार ००:००  ७ : ५७ बजे