२५ असार २०८२, बुधबार | Thu Jul 10 2025

बिर्तामोडका उत्कृष्ट तीनजना शिक्षकलाई जनही ५० हजार पुरस्कार



बिर्तामोड-बिर्तामोड नगरपालिकाले ‘उत्कृष्ट’ तीनजना शिक्षकलाई जनही ५० हजारका दरले पुरस्कृत गरेको छ । राष्ट्रिय शिक्षा दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा शिक्षकलाई पुरस्कृत गरिएको हो ।

पुरस्कृत हुने शिक्षकहरुमा महेन्द्र रत्न माध्यमिक विद्यालयका तुलसीराम खरेल, वीर अमरसिंह माध्यमिक विद्यालयका हेमकुमार उप्रेती र जनता प्राथमिक विद्यालयका लक्ष्मीप्रसाद गौतम रहेका छन् ।

उत्कृष्ट तीनैजना शिक्षकलाई कार्यक्रमकी प्रमुख अतिथि नगर प्रमुख पवित्रा महतारा प्रसाई र उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले नगदसहित सम्मानपत्र प्रदान गरेका छन् ।

कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले शिक्षकहरूको मनोबल उच्च बनाउनका लागि नगरका तर्फबाट पुरस्कारको व्यवस्थापन गरिएको बताइन् । उपप्रमुख संग्रौलाले जीवन उपयोगी र प्राविधिक शिक्षामा जोड दिए ।

विभिन्न २० वटा सूचकका आधारमा उत्कृष्ट शिक्षक छनौट गरिएको छनौट समितिका संयोजक पूर्व उपसचिव युवराज पाण्डेले बताए । पाण्डेको नेतृत्वमा डम्बर बस्नेत र दिनेश आचार्य रहेको छनौट समिति गठन गरिएको थियो ।

कार्यक्रममा शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, कार्यपालिका सदस्य, विभिन्न शिक्षक संघ संगठनका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहिबार ००:००  ८ : ०७ बजे