२ असार २०८२, सोमबार | Tue Jun 17 2025

साझामञ्च दशक सेवा सम्मानबाट तीनजना सञ्चारकर्मी पुरस्कृत



बिर्तामोड-साझा मञ्च मिडिया प्रालिले साझा मञ्च डटकमको बाह्रौं स्थापना दिवसको अवसर पारेर बुधबार तीनजना सञ्चारकर्मीलाई पुरस्कृत गरेको छ ।

पुरस्कृत हुनेमा सञ्चारकर्मीहरू द्रोण अधिकारी, उमानाथ भण्डारी र सरोज भट्टराई रहेका छन् । उनीहरू तीनैजना साझा मञ्च डटकममा कार्यरत छन् ।

साझा मञ्च दशक सेवा सम्मानबाट उनीहरूलाई पुरस्कृत गरिएको साझा मञ्च मिडिया प्रालिका कार्यकारी प्रमुख गोपाल काफ्लेले बताए ।

तीनैजना प्रतिभालाई कोशी प्रदेश सरकारका खानेपानी तथा ऊर्जामन्त्री एकराज कार्की, बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाई, नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारी र प्रेस काउन्सिलका सदस्य गणेश पोखरेलले सम्मान पत्र र नगदसहित पुरस्कृत गरेका हुन् ।

कार्यक्रममा कोशी प्रदेशका सदस्य राजकुमार ओली, नेपाल पत्रकार महासङ्घ झापा शाखाका उपाध्यक्ष सुब्रत न्यौपानेसहित महासङ्घको नवनिर्वाचित समितिका पदाधिकारी तथा सदस्यलाई साझा मञ्चले स्वागत सम्मान गरेको छ ।

कार्यक्रम साझामञ्च मिडिया प्रालिका उपाध्यक्ष खड्ग दाहालको अध्यक्षता र निर्देशक सुवास भट्टराईको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार ००:००  ८ : ५६ बजे