११ जेष्ठ २०८२, शनिबार | Sat May 24 2025

सशस्त्र प्रहरीद्वारा कचनकवलबाट १२ लाख भन्दाबढी मूल्यको कपडा बरामद



बिर्तामोड-सशस्त्र प्रहरीले झापाको कचनकवल गाउँपालिका-६ बाट शुक्रबार बिहान १२ लाख भन्दाबढी मूल्यको कपडा बरामद गरेको छ ।

भन्सार छलेर अवैध रूपमा नेपाल भित्र्याइएको कपडा विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म घेराबारीले बरामद गरेको हो ।

कचनकवल गाउँपालिका-६ का ४० वर्षीय नजाम खातुनको घरबाट १२ लाख २० हजार ६०० मूल्य बराबरको कपडा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल २ नम्बर गण हेड क्वाटरका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मदनकुमार रसाइलीले बरामद कपडा भन्सार दाखिला गर्ने तयारी भइरहेको बताए ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार ००:००  १ : ३९ बजे