७ माघ २०८२, मंगलबार | Tue Jan 20 2026

शिवसताक्षीमा डेंगु नियन्त्रणका विषयमा अन्तरक्रिया



सतासीधाम- झापाको शिवसताक्षी नगरपालिकामा डेंगु रोग नियन्त्रणका विषयमा अन्तरक्रिया आयोजना गरिएको छ । सहारा नेपालको संयोजनमा शिवसताक्षी नगरपालिकाको स्वास्थ्य शाखाले कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा नगरका महिला स्वास्थ्य स्वयम्सेविकासहित प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा डेंगु रोग सम्बन्धी जनचेतना अभिवृद्धि र रोकथामका उपाय र समुदायस्तरमा गर्न सकिने प्रयासका बारेमा छलफल भएको थियो ।

अन्तरक्रियामा शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ्ग थोप्राले विगत वर्ष भन्दा यसवर्ष सुरुमै डेंगुबाट बच्न अभियान चलाइने बताए । झापामा डेंगुबाट एक जनाको मृत्यु भइसकेको छ ।

नगर उपप्रमुख नरमाया कार्कीले समुदायमा गएर प्रभाव पार्ने सम्भावित स्थान पहिचान गरी डेंगुको लार्भा नष्ट गरिने बताइन् ।
अन्तरक्रियामा शिवसताक्षी नगरपालिकाका योजना शाखा प्रमुख प्रकाशचन्द्र चौधरीले समेत आफ्नो धाराणा राखेका थिए । अन्तरक्रियाको सहजीकरण स्वास्थ्य शाखाकी कर्मचारी वर्षा राउतले गरेकी थिइन् ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार ००:००  २ : ५९ बजे