१२ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025

मोटरसाइकलको ठक्करबाट बाह्रदशीको भित्री सडकमा पैदलयात्रीको मृत्यु



बिर्तामोड- झापाको बाह्रदशी गाउँपालिका-२ जनता बजारस्थित भित्री सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका-१ नयाँ बस्तीका ४२ वर्षीय च्याङवा तामाङ रहेका छन् । तामाङलाई कुटीबाट राजगढतर्फ आउँदै गरेको मे ४ प ५१५६ नम्वरको मोटरसाइकलले सोमवारराति ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट घाइते भएका तामाङको बीएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मोटरसाकलको पछाडि सवार कचनकवल-१ का १९ वर्षीय श्रवण राजवंशी घाइते भएका छन् ।

प्रहरीले मोटरसाइकल चालक कचनकवल-१ पिण्डलवारीका १९ वर्षीय देवराज राजवंशीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार ००:००  २ : १५ बजे