झापा-स्वास्थ्य बीमाको दायरा बढाएर ५ लाख पुर्याउने प्रस्ताव कार्यान्वयन गर्न सकिने स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डाक्टर दामोदर बसौलाले बताएका छन् ।
आफ्नो चार वर्षे कार्यकालको कार्यविवरण सार्वजनिक गर्दै डाक्टर बसौलाले यस्तो धारणा व्यक्त गरेका हुन् । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले बीमाको दायरा बढाएर ५ लाख पुर्याउने घोषणा गरेसँगै मन्त्रालयले बोर्ड समक्ष रायका लागि पत्र पठाएको थियो ।
डाक्टर बसौलाले स्वास्थ्य बीमा सेवा प्रदायक संस्थाहरूको नियमित अनुगमन भइरहेको पनि बताए । उनको कार्यकाल आगामी मंसिर २५ गते सकिँदैछ ।


















