२९ बैशाख २०८२, सोमबार | Tue May 13 2025

महापुराणबाट २ करोड उठाउने अर्जुनधारा जलेश्वरधाम समितिको लक्ष्य



बिर्तामोड-पूर्वको पशुपतिनाथले प्रसिद्धि कमाएको झापाको अर्जुनधारा जलेश्वर धाममा मङ्सिर ८ गतेदेखि श्रीमद्भागवत महापुराण हुने भएको छ । धाम व्यवस्थापन समितिले बुधबार पत्रकार सम्मेलन गरी महापुराणबारे जानकारी गराएको हो ।

अर्जुनधारा जलेश्वर धामको ४२ औँ वार्षिक अनुष्ठान अन्तर्गत महापुराण सञ्चालन हुन लागेको पत्रकार सम्मेलनमा जनाइएको छ । महापुराण सञ्चालनका लागि विभिन्न उपसमिति गठन गरिएका छन् ।

महापुराण आयोजना गर्न ९५ लाख ५० हजार अनुमान गरिएको छ । महापुराणबाट २ करोड १६ लाख ८ हजार उठाउने धाम व्यवस्थापन समितिको लक्ष्य छ ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार ००:००  ९ : ५५ बजे