११ जेष्ठ २०८२, शनिबार | Sat May 24 2025

वर्ल्ड लिङ्कद्वारा बिर्तामोडका विद्यालयमा सुरक्षित इन्टरनेट व्यवहारसम्बन्धी सचेतना



बिर्तामोड-इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिङ्क कम्युनिकेशनले झापाको बिर्तामोडका दुईवटा विद्यालयमा अनलाइन जोखिम र सुरक्षित इन्टरनेट व्यवहार सम्बन्धी सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ ।

कक्षा ९ र १० का विद्यार्थीलाई लक्षित गरी वर्ल्ड लिङ्कले सोमबार बाल्मिकी एजुकेशन फाउन्डेसन र कोहेड एजुकेशन फाउन्डेसनमा सचेतनामूलक कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा सहभागी विद्यार्थीलाई इन्टरनेटबाट हुने अपराध, अपराधबाट बच्ने उपाय र इन्टरनेटको सही सदुपयोगका विषयमा जानकारी गराइएको वर्ल्ड लिङ्कका सेल्स सुपरभाइजर सोमनाथ खतिवडाले बताए ।

कार्यक्रममा दुईवटा विद्यालयका २३० जना विद्यार्थीको सहभागिता रहेको थियो । वर्ल्ड लिङ्कले समय-समयमा विद्यालय तहमा यस प्रकारका सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार ००:००  ७ : ४४ बजे