११ जेष्ठ २०८२, शनिबार | Sat May 24 2025

पत्रकार सहारा उपचार कोषमा सहयोग



झापा- नेपाल पत्रकार महासंघ झापाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषमा बुधवार १५ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ । बिर्तामोड–१ निवासी रोचक र मञ्जु बस्नेतले आफ्नी छोरी एमीको जन्मोत्सवको अवसर पारेर उक्त रकम हस्तान्तरण गरेका हुन् ।

बिर्तामोडस्थित होटल टाइमलेसका सञ्चालक रहेका बस्नेतले पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई उक्त रकम प्रदान गरेका छन् । उक्त अवसरमा बस्नेतका पिता जितेन्द्र, माता सुलोचना, छोरी अमण्डा लगायतको समेत उपस्थिति रहेको थियो ।

त्यसैगरी झापाका अग्रज पत्रकार शिरो सान्दाइले पत्रकार सहारा उपचार कोषका लागि १५ हजार रुपैयाँ प्रदान गरेका छन् । महासंघ झापाको ३६औं स्थापना दिवसमा उनले अध्यक्ष गिरीलाई उक्त रकमको चेक प्रदान गरेका थिए ।

पत्रकार सहारा उपचार कोषमा हाल एक करोड ११ लाख रुपैयाँ रहेको छ । कोषको ब्याजबाट पत्रकारहरु घाइते हुँदा, बिरामी हुँदा, पत्रकार महिला सुत्केरी हुँदा, पत्रकारको परिवारमा मरिमराउ हुँदा तथा महासंघका सदस्यको निधन भएमा उपचार तथा राहत प्रदान गरिँदै आएको छ ।

प्रकाशित मिति : १८ पुस २०८१, बिहिबार ००:००  ८ : ४४ बजे