बिर्तामोड-झापाको कमल गाउँपालिका-२ समयगढका चन्द्र श्रेष्ठको घरमा आइतबार बिहान आगो लागेको छ । बाँसको टाँटीबेरा र टीनकाे सानो भएको श्रेष्ठको घरमा अचानक आगलागी भएको हो ।
आगलागीको कारण खुल्न सकेको छैन । बिहान ३ बजे लागेको आगो कमल गाउँपालिकाको बारुणयन्त्रको सहयोगमा तोपगाछी प्रहरीले ५ बजे नियन्त्रणमा लिएको छ ।
आगलागीबाट श्रेष्ठको घर, घरायसी सामान, लत्ता कपडा खाद्यान्न सबै जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागीबाट तीन लाख मूल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।