२९ बैशाख २०८२, सोमबार | Tue May 13 2025

हेटौँडा सिमेन्टको उत्पादन बन्द



हेटौँडा-हेटौडा सिमेन्टको उत्पादन बन्द भएको छ । सिमेन्ट उद्योग व्यवस्थापनले तीन साताका लागि उत्पादन बन्द भएको जनाएको हो ।

उद्योगका विभिन्न उपकरण मर्मत गर्नुपर्ने भएकाले तीन साताका लागि उत्पादन बन्द गरिएको उद्योगका महाप्रबन्धक बसन्तराज पाण्डेले जानकारी दिए ।

बडा दशैंको विदा लगत्तै उद्योग सञ्चालन गरिएको थियो । तर, उपकरण मर्मत गर्नुपर्ने भएपछि तत्कालका लागि उत्पादन बन्द गरिएको हो ।

करिब साढे दुई महिनाअघि आर्थिक अभावले बन्द भएको सिमेन्ट उद्योग भदौ तेस्रो सातादेखि सञ्चालनमा आएको थियो । यो अवधिमा ६५ हजार बोरा सिमेन्ट उत्पादन गरेर भण्डारण गरिएको छ ।

उत्पादित सिमेन्ट काठमाडौँ लगायत विभिन्न जिल्लामा पठाउने तयारी भइरहेको हेटौँडा सिमेन्ट उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले बताए ।

१८० जना श्रमिकलाई प्रत्यक्ष रोजगारी दिइरहेको उद्योगले दैनिक १८ हजार बोरा सिमेन्ट उत्पादन गर्छ । पछिल्लो समय १० हजार बोरा मात्रै उत्पादन हुँदै आएको उद्योग व्यवस्थापनले जनाएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार ००:००  ९ : ०५ बजे