झापा-नेपाल राष्ट्र बैंकले यो वर्षको दशैँमा नयाँ नोट वितरण नगर्ने भएको छ । बैंकले यो वर्षदेखि नियमित प्रक्रियाबाट मात्र नोट छाप्ने र बजारमा पठाउने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेलले विगतमा जस्तो यस वर्षको दशैंमा नयाँ नोट उपलब्ध नहुने बताए । बैंकले पुरानो सुकिला नोट सटही गरिदिने व्यवस्था गरेको छ ।
यसवर्ष सर्वसाधारणले प्रतिव्यक्ति १८,५०० कै हाराहारीमा पुरानै नोट साट्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको हो । दशैंलाई मात्र केन्द्रित गरेर नयाँ नोट बाँड्दा राष्ट्र बैंकले ठूलो खर्च बेहोर्नु पर्दै आएको छ ।
नोट छाप्ने खर्च, ढुवानी र वितरणमा वार्षिक करिब एक अर्ब रुपैयाँभन्दा बढी खर्च भइरहेको सहायक प्रवक्ता डाक्टर पोखरेल बताउँछन् ।