२४ मंसिर २०८२, मंगलबार | Tue Dec 9 2025

२२ वर्षीय युवकद्वारा शरीरमा आगो लगाएर आत्मदाह



चितवन– बाराका एक युवाले आफ्नै शरीरमा आगो लगाएर आत्मदाह गरेका छन् । बाराको गढीमाई नगरपालिका ४ घर भएका २२ वर्षीय राजाबाबु जैसवालले शरीरमा आगो लगाएका हुन् ।

जैसवाल भरतपुर महानगरपालिका ३ लङ्खुमा बस्दै आएका थिए । कोठामा कोही नभएको मौका छोपेर उनले आगो लगाएको चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले बताए ।

सोमबार दिउँसो आगो लगाएका जैसवालको राति उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको हो । कीर्तिपुर हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार ००:००  ९ : ३४ बजे