२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

काँकडभिट्टा बसपार्कबाट ब्राउन सुगरसहित दुई भारतीय पक्राउ



काँकडभिट्टा-ब्राउन सुगरसहित झापाको काँकडभिट्टा बसपार्कबाट सोमबार दिउँसो दुईजना भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको दार्जिलिङ खोरीबारी थाना बस्ने २२ वर्षीय अवास राजग्र र मफीजुदिन अन्सारी रहेका छन् । शङ्का लागेर चेकजाँच गर्दा उनीहरूका साथमा लागूऔषध ब्राउन सुगर भेटिएको हो ।

झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णबहादुर चन्दले पक्राउ परेका दुई भारतीय नागरिकका साथमा १० ग्राम ७४० मिलिग्राम ब्राउन सुगर फेला परेको बताए ।

लागूऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई समातेको हो । डीएसपी चन्दका अनुसार खुकुरी चुरोटको बट्टाभित्र प्लाष्टिककाे पोका बनाएर राखिएको अवस्थामा लागूऔषध भेटिएको थियो ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार ००:००  ८ : २० बजे