काठमाडौँ– सत्ता बहिर्गमनपछि नेकपा माओवादी केन्द्रको समेत सहभागितामा मंगलबार पहिलोपटक समाजवादी मोर्चाको बैठक बसेको छ । बैठकमा नेताहरूले एकअर्काको आलोचना गरेका छन् ।
सरकारबाट बाहिरिए लगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष ओलीको चर्को आलोचना बैठकमा गरेका छन् । त्यसो त प्रचण्ड स्वयंमले बैठकमा नेताहरूको खप्की खानु परेको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट ठूलो धोकामा परेको प्रचण्डले बताइरहँदा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रचण्डको आलोचना गरेका छन् ।
सत्तामा हुँदा समाजवादी मोर्चालाई चासो नदिएको, आफैंलाई सर्वेसर्वा मानेको भन्दै अध्यक्ष नेपालले प्रचण्डप्रति तीव्र आक्रोश व्यक्त गरे ।


















