१० चैत्र २०८१, सोमबार | Tue Mar 25 2025

सबै कर्मचारीलाई जिम्मेवारी दिने सचिव बैठकको निर्णय



काठमाडौँ-कुनै पनि सरकारी कर्मचारीलाई जिम्मेवारीविहीन नराखिने भएको छ । सरकारका सचिवको सोमबार बसेको बैठकले स्वीकृत संगठन संरचना अनुसार सबै कर्मचारीलाई जिम्मेवारी दिने निर्णय गरेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अतिरिक्त समूह र अन्य मन्त्रालयले कर्मचारीलाई जिम्मेवारीविहीन बनाएर राख्ने गरेको चर्चा चल्दै आएको छ ।

बैठकले सबै कर्मचारीलाई सात दिनभित्र जिम्मेवारीसहित कार्यविवरण दिने निर्णय गरेको हो । मुख्य सचिव एकनारायण अर्यालको अध्यक्षतामा बसेको बैठकले कर्मचारीको विवरण अध्यावधिक गर्ने पनि निर्णय गरेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार ००:००  १० : २६ बजे