८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

खाद्यान्नमा लाजमर्दो परनिर्भरता : ६ अर्बको बास्मती चामल आयात



झापा-आन्तरिक उत्पादनमा आत्मनिर्भर नभएपछि नेपालले गत आर्थिक वर्षमा ६ अर्ब रुपैयाँको बास्मती चामल आयात गरेको छ । आर्थिक वर्ष २०८०-८१ मा भारत लगायतका देशबाट ४८ हजार मेट्रिक टन बास्मती चामल आयात भएको भन्सार विभागले जनाएको हो । ‌

खाद्यान्नमा बढ्दो परनिर्भरताका कारण वर्षेनी अर्बौँ रुपैयाँको चामल आयात हुँदै आएको छ । विभागका अनुसार चामलसहित ४५ अर्ब ७९ करोड रुपैयाँ बराबरको खाद्यान्न आयात भएको छ । नेपालमा अधिकांश खाद्यवस्तु भारतबाट आयात हुने गर्छ ।

खेती प्रणालीलाई प्रोत्साहित गरे पनि सरकार खाद्यान्नमा आत्मनिर्भर बन्न सकेको छैन । नेपालमा धान चामल मकै लगायतका विभिन्न खाद्यान्न आयात हुँदै आएका छन् । गत आर्थिक वर्षमा मात्रै नेपालले ४ लाख मेट्रिक टन धान आयात गरेको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार ००:००  ५ : ५० बजे