११ जेष्ठ २०८२, शनिबार | Sat May 24 2025

साइकलको ह्यान्डलभित्र लुकाइएको ब्राउन सुगरसहित मेचीनगरबाट राजवंशी पक्राउ



धुलाबारी– झापाको मेचीनगर-९ गैरीगाउँका एक युवक लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ सालु भनिने अजय राजवंशीलाई पक्राउ गरेको हो ।

लागू औषधको किनबेच हुँदै गरेको सूचनाका आधारमा प्रहरी निरीक्षक पाण्डवलाल राजवंशीको नेतृत्वमा प्रहरी टोली परिचालित भएको थियो ।

२८ वर्षीय राजवंशीको घरमा पुगेर खानतलासी गर्दा साइकलको ह्यान्डलभित्र लुकाएर राखिएको अवस्थामा पाँच ग्राम ९० मिलिग्राम लागूऔषध ब्राउन सुगर भेटिएको हाे ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार प्रहरीले घटनास्थलबाट पाँच थान मोबाइल र नगद ५० हजार समेत बरामद गरेको छ ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार ००:००  ८ : ०२ बजे