३२ जेष्ठ २०८२, शनिबार | Sun Jun 15 2025

जापानिज इन्सेफ्लाइटिस फैलियो : झापा र सुनसरीमा चार जनाको मृत्यु



झापा-जापानिज इन्सेफ्लाइटिसको प्रकोप बढ्दै जाँदा ज्यान गुमाउनेको सङ्ख्या थपिँदै गएको छ । देशभर ३० वटा जिल्लामा प्रकोप फैलिएको स्वास्थ्य मन्त्रालयको परिवार कल्याण महाशाखाले जनाएको छ ।

इन्सेफ्लाइटिस संक्रमणले १५ जिल्लामा २३ जनाको मृत्यु भएको छ । देशभर ८० जना संक्रमित फेला परेका छन् । संक्रमित हुनेमा अधिकांश १५ वर्ष मुनिका बालबालिका छन् ।

खोप शाखाका प्रमुख डाक्टर अभियान गौतमका अनुसार सबैभन्दा बढी कैलाली जिल्ला प्रभावित छ । त्यहाँ तीनजनाले ज्यान गुमाएका छन् । सुनसरी र झापामा दुई-दुई जनाको मृत्यु भएको छ ।

डाक्टर गौतमका अनुसार नेपालमा जापानिज इन्सेफ्लाइटिसको मृत्युदर बढेर २८ प्रतिशत पुगेको छ । खोप अभियानमार्फत रोग नियन्त्रणमा रहेको बताइए पनि पछिल्लो समय मृत्युदर बढ्दै गएपछि विज्ञले चिन्ता व्यक्त गरेका छन् ।

सन् २०२३ मा नेपालमा १०७ जनामा संक्रमण पुष्टि हुँदा ७ जनाको मृत्यु भएको थियो । सन् २०२४ मा मानवीय क्षतिको संख्या बढेको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहिबार ००:००  ८ : २० बजे