बिर्तामोड-प्रतिबन्धित औषधिसहित झापाको कमल गाउँपालिका ७ का सन्देश बस्नेत पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय दमकले सोमबार अपरान्ह बस्नेतलाई पक्राउ गरेको हो ।
बस्नेतको घरमा खानतलासी गर्दा प्रतिबन्धित औषधि फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बस्नेतको घरमा प्रतिबन्धित औषधि फेला परेको बताए ।
प्रहरीका अनुसार बस्नेतको घरमा ट्रामाडोल ४७३ पत्ता, इस्पासेन ५०३ पत्ता, डेकाेलिक ४२ पत्ता फेला परेको छ । उनलाई इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखिएको छ ।