३२ जेष्ठ २०८२, शनिबार | Sun Jun 15 2025

ताप्लेजुङ केन्द्रबिन्दु भएर मध्यरातमा गयो भूकम्प



ताप्लेजुङ– ताप्लेजुङको ल्हाेनाक आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर शनिबार मध्यराति भूकम्प गएको छ ।

मध्यराति १२:८ मा ४ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको हो ।

यसअघि भदौ १८ गते सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको थियो ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार ००:००  ८ : २१ बजे