झापा– झापा कप २०८१ को पहिलो क्वार्टर फाइनल खेल आज हुँदैछ । खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र सहलेश युवा क्लब सिराहाबीच प्रतिस्पर्धा हुनेछ ।
झापा ११ फुटबल क्लबको आयोजनामा बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा शनिबारदेखि झापाकप सुरु भएको हो ।
प्रतियोगिताको विजेताले नगद १० लाख तथा उपविजेताले ५ लाख पुरस्कार पाउने आयोजक क्लबका अध्यक्ष जलकुमार गुरुङले बताए । पुष ८ गते खेल सकिनेछ ।