८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

काँकडभिट्टा नाकाबाट ७ करोडभन्दा बढीको खुदो बंगलादेश निर्यात



काँकडभिट्टा– पूर्वी नाका काँकडभिट्टा हुँदै चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ८ करोड ९९ लाख बराबरको मालवस्तु बङ्गलादेश निर्यात भएको छ ।

नेपाल पारबहन तथा गोदाम व्यवस्थापन लिमिटेड काँकडभिट्टाका अनुसार नेपालबाट ठूलो परिमाणमा खुदो निर्यात भइरहेको हो । दुई महिनामा ७ करोड ६७ लाख ८१ हजार मूल्य बराबरको खुदो बङ्गलादेश निर्यात भएको छ ।

पारवहन कार्यालयका प्रमुख सुभाष पाण्डेयका अनुसार बङ्गलादेशबाट सबैभन्दा बढी ४१ करोड ५७ लाख मूल्य बराबरको जुट आयात भएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहिबार ००:००  ९ : २२ बजे