९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026

भद्रपुर ३ नम्वर वडा कार्यालयको आफ्नै भवन



भद्रपुर- भद्रपुर ३ नम्वर वडा कार्यालयले आफ्नै भवन बनाएको छ । यसअघि वडा कार्यालय भाडाको भवनमा थियो । अब भने आफ्नै भवनबाट सेवा सुरु भएको हो ।

भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल र उपप्रमुख राधा कार्कीले संयुक्त रुपमा भवनको उद्घाटन गरेका छन् । वडाध्यक्ष हेमबहादुर कार्कीको अध्यक्षतामा आयोजित कार्यक्रमका बीच भवन उद्घाटन गरिएको हो ।

वडा कार्यालयका लागि ओमप्रकाश सरावगी, सत्यनारायण तायल, धनुहाङ सुहाङ, कल्याणकुमार राई, आइतबहादुर लिम्बू, श्याम थापा मगर, निलमकुमार राई, कुबेर गुरुङ, भीमप्रसाद राई र केबिर लिम्बूले जग्गा निशुल्क दिएका थिए । कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाका अनुसार दाताबाट प्राप्त भएको पाँच कठ्ठा जग्गामा भवन बनेको हो । १ करोड २४ लाख रुपैयाँको लागतमा दुईतले भवन निर्माण भएको अधिकृत वडा सचिव रुद्रप्रसाद घिमिरेले जानकारी दिए । वडा परिसरमा १६ वटा सीसी क्यामेरा जडान गरिएको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०८१, बुधबार ००:००  ३ : ४२ बजे