२९ बैशाख २०८२, सोमबार | Tue May 13 2025

कर्जाको औसत ब्याजदर साढे ९ प्रतिशतमा सीमित



काठमाडौँ-बैंक तथा वित्तीय संस्थाको औसत ब्याजदर घटेको छ । औसत ब्याजदर ०.१६ प्रतिशत बिन्दुले घटेको हो । कोभिडका बेला घटेको ब्याजदर त्यसपछि निरन्तर बढ्दै आएको थियो ।

२०८१ भदौमा ९ दशमलव ५२ प्रतिशतमा झरेको नेपाल राष्ट्र बैंकले जनाएको छ । निक्षेप लगातार बढिरहँदा बैंकहरुले ब्याजदर घटाउँदै लगेका छन् ।

बैंक तथा वित्तीय संस्थाबीच कर्जा खोसाखोस गर्ने अस्वस्थ प्रतिस्पर्धा सुरु हुँदै गएको छ । कर्जाको ब्याजदरमा प्रिमियम घटाएर आधार दरमै बैंकहरू कर्जा दिन तयार भएका छन् ।

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलबार ००:००  ६ : ४२ बजे